थप ७४० मा कोरोना भेटिएसँगै संक्रमितको संख्या १५ हजार नाध्यो, काठमाडौंका एक वृद्धको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।

यस्तै हालसम्म देशभर ६ हजार १४३ डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको एक अस्पतालमा उपचारार्थ बानेश्वरका एक वृद्धको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी ती वृद्धको अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला असार १७ गते मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *