उपत्यकामा ३२ सहित थप ४७३ जनामा कोरोना भेटियो, संक्रमितको कुल १४ हजार ५१९ पुग्यो

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३२सहित देशभर थप ४७३ जनामा कोरोना सङ्क्रण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १४ हजार ५१९ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा २८ जनामा, ललितपुरमा २ जनामा र भक्तपुरमा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।छ ।

यस्तै आज देशभरबाट ६६४ जना डिस्चार्ज भएको र योसँगै निको हुनेको संख्या ५ हजार ३२० पुगेको मन्त्रालयले बतायो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *