उपत्यकामा १७ सहित थप ४८२ जनामा कोरोना भेटियो, बालबालिकामा संक्रमण बढ्न थालेकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

news-details

पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १० जना, भक्तपुरका २ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय बालबालिकामा संक्रमण बढन थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अविभावकहरुलाई आफ्ना बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले कुल संक्रमितमध्ये २०६१ जना संक्रमित १८ वर्ष मुनिका रहेका र केहिको मृत्यु पनि भएको जनाएको छ । उनीहरु अघिकांश भारतबाट बाबुआमासँग आएकाहरु रहेको मन्त्रालयको भनाई छ ।

अछाम जिल्लाका ४५ वर्षिय पुरुषको बयलपाटा अस्पतालमा निधन भएकोमा उनमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरानाको कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

यस्तै आजसम्म निको हुनेको संख्या ४६५६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *