काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी १४ संक्रमित भेटिए, देशभर थप ३१६ जनामा कोरोना पुष्टि

news-details

काठमाडौ उपत्यकामा मंगलबार अहिलेसम्मकै बढी १४ जनामा कोरोना संक्रमण भेटिएको छ । उपत्यकाको काठमाडौमा १२ जना, ललितपुरमा एक जना र भक्तपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४ सहित देशभर थप ३१६ जनामा कोरोना सङ्क्रण पुष्टि भएको जानकारी दिइएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।

यस्तै आज थप ६० जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ३ हजार १९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *