उपत्यकामा ८ सहित थप ४६८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८ सहित देशभर थप ४६८ जनामा कोरोना सङ्क्रण भेटिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार २४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौँमा ६ जना, ललितपुरमा १ र भक्तपुरमा १ जनालाई कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।छ ।

यस्तै आज थप १२१ जना डिस्चार्ज भएसँगै कुल निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

यस्तै ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको निधन भएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *