नेपालमा पछिल्लो परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै थप एक जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतक कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीया पुरूष रहेको र निज फोक्सोको क्यान्सरका विरामी रहेको जनाइएको छ ।

यस्तै यस्तै आज थप १३६ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्जस् २ हजरा ८३४ र कुल मृतक संख्या २८ रहेको छ ।