पछिल्लो २४ घण्टामा काठमाडौमा ३ सहित देशभर थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप ४८ जना निको भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६५८ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै हिजो मृत्यु भएकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ पुगेको छ ।