पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ११ हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ।

आज गरिएको परीक्षणमा काठमाडौ उत्यकामा थप नौ जनानमा संक्रमण भेटिएको हो । जसमा काठमाडौँका दुई पुरूष र दुई महिला, ललितपुरका एक पुरूष र भक्तपुरका तीन पुरूष तथा एक महिला सङ्क्रमित भएको मन्त्रालयले जनाएको हो ।

यस्तै आज थप ३१२ जना निको भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६५० पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएको र योसँगै मृतकको संख्या २६ पुगेको पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मधुमेहका विरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयुमा उपचारकै क्रममा हिजो मृत्यु भएको थियो ।

यता ललितपुरको महालक्ष्मी ५ का ५० वर्षिय पुरुषको आज विहान पाटन अस्पतालमा मृत्यु भएको थियो । ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल लगिएको थियो ।