भरतपुर स्थित कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लाको विभिन्न ठाउँवाट ल्याईएका ९३ जनाको स्वावमा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहिवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषको गए राति कोरोना संक्रमणको कारण निधन भएको अस्पतालले जानकारी दिएको छ । योसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
असार ८ गते कोरोना संक्रमण, गम्भीर निमोनिया तथा मधुमेहको समस्या भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः ३५ मा निधान भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।








