संखुवासभा जिल्ला मकालु नुर्बुचौरका पासाङतेन्जे शेर्पा, विश्व किर्तिमानधारी पर्वतारोही मिङमा शेर्पालगायतका पर्यटन व्यवसायि र पर्वतारोहणमा लागेका एक दर्जन बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
संखुवासभा काठमाडौ सम्पर्क समितिद्धारा आयोजित नेपाली कांग्रेस प्रवेश कार्यक्रममा नेपाली काग्रेसका महामन्त्री डा शशांक कोइरालाले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अब युवाहरुको पहिलो छनोटको पार्टी कांग्रेस हुने र पार्टी प्रवेशको श्रृंखला निरन्तर रहने बताए ।
नव प्रवेशि पासाङतेन्जे शेर्पाले राजनीतिको माध्यमबाट समाज सेवा गर्ने बताए । यस भन्दा अगाडी कम्युनिस्ट पार्टीलाई जिताउन भुमिका खेलेका उनले चुनाव पछी कुनै चासो नराखेको भन्दै कांग्रेसलाई जिताई छाड्ने बचन दिए । उनले गाउपालिकाबाट राजनिति गर्ने सोच राखेका छन । शेर्पाले नेपाली कांग्रेसको राजनितिबाट आफ्नै गाउमा गएर सेवा गर्ने मन रहेको बताएका छन ।
जिल्लाको विकासमा अग्रणी भुमिका निर्वाह गरेको छन उनले । उनले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने धारणा राखेका हुन । आफनो गाउमा केही गरेर देखाउने उनको ईच्छा छ । पर्यटन र हिमाल आरोहणमा उनि अगाडि छन ।

सामाजिक काम भने पछि अग्रपंक्तिमा लागीपर्ने उनी प्रख्यात पायोनिर एडभान्चर ट्रेक्सका मेनेजिग डाइरेक्टर हुन । उनी आफु नपढे पनि डिग्रि गर्ने र पाईलट पढेकालाईसमेत जागीर दिन पाउदा खुशी छन । आफ्नो भाग्य र संघर्षले साथ दिएको उनको भनाई छ । उनिसंग दुई दर्जन देशको भिषा छ । त्यतिनै देश घुमेका छन । किर्तिमानधारी आरोही मिङमा शेर्पाको सल्लाहमा उनि केहि गर्न कांग्रेस प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गरेका पर्वतारोही मिङमा शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए । उनि सेभेन समिट ट्रेकका मेनेजिग डाईरेक्टरसमेत हुन । मकालु हिमाल आरोहण गर्ने सबै भन्दा बढि संखुवा सभाकै छन ।
पूर्वराज्यमन्त्रीहरु दिपक खड्का, तारामान गुरुङ, पूर्वसांसदहरु टंक राइ, पासाङ शेर्पा, बिना पौडेल लगायतका नेताहरुले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्दै शुभकामना दिनु भएको थियो ।पार्टी कांग्रेस प्रवेश गर्नेहरुमा पासाङ तेन्जी शेर्पा, लाक्पा शेर्पा, छिङ दोर्ची शेर्पा, लाक्पा ओङ्दी शेर्पा, प्रदिपकुमार लिंथेप, ज्योतीप्रकाश राईलगायत छन ।








