उपत्यका भित्र आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
पछिल्लो समय उपत्यका आउनेहरुलाई घरधनीले पीसीआर रिपोर्ट नभई घरमा प्रवेश गर्न नदिने गरेको गुनासोसहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणका लागि जानेहरुको भिड बढन थालेपछि गृह मन्त्रालयले यस्तो व्यवस्था गर्न जिल्ला प्रशासनलाई परिपत्र गरेको हो ।
मन्त्रालयले पीसीआर टेष्टका लागि दबाब नदिने वातावरण बनाउन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेबमोजिम १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न भनेको हो ।









