पाल्पा जिल्लाको तानसेन नगरपालिका ११, सम्मोबारीमा पहिरोले ४ वटा गाडी बगाएको छ । पाल्पा-गुल्मी सडक खण्डमा सोमबार दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको नम्बर नखुलेको ४ वटा सवारी साधन कार, ट्रक र मिनि ट्रकलाई सडकमाथिबाट खसेको पहिरोले बगाएर सडक तल भीरमा पुर्याएको प्रहरीले जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले उद्धारका लागि प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । एउटा गाडी पहिरोमा तल पुगेकाले त्यसमा के कति यात्रु छन् भने जानकारी नभएको र माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण उद्धारमा कठिनाइ भइरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

हालसम्म उक्त गाडीमा कति मानिस थिए खुलेको छैन र मानवीय क्षतिका बारेमा थप जानकारी आउन सकेको छैन ।