पछिल्लो २४ घण्टामा देशभर भएका परीक्षणमा ४२१ जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा संक्रमितको कुल संख्या ९०२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज १२४ डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १७७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै गत असार ५ गते घरमै मृत्यु भएका गुल्मीका एक पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको र योसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या २३ जना पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।








