पछिल्लो २४ घण्टामा भएको परीक्षणमा देशभर ३३१ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित ८ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज काठमाडौ उपत्यकामा थप ८ जना संक्रमित भेटिएका हुन । काठमाडौँमा १ महिला र भक्तपुरमा ७ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप १७८ जना निको भएर डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार ५८८ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।