पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या ८२७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

यस्तै आज निको भएर डिस्चार्ज हुनेको संख्या २१६ रहेको र योसँगै डिस्चार्ज हुनेको कुल संख्या हालसम्म १४०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।