पर्वत अस्पतालमा कार्यरत ५ जना चिकित्सहरुमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि अस्पताको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिएका छन ।
पर्वत कोरोना अस्पतालमा कार्यरत चिकित्सकहरूको स्वाब परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा पठाइएकोमा ५ जनामा सङ्क्रमणको पुष्टि भएको देबकोटाले बताएका हुन ।
सदरमुकाममै रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसको भवनमा राखिएको अस्पतालको तल्लो तलामा सङ्क्रमितहरूलाई राख्ने गरिएको छ भने माथिल्लो तलामा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू रहँदै आएका छन् ।
सङ्क्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीले भौतिक दुरी कायम गरी पिपिई सेट लगाएर जाने गरेको भए पनि अस्थायी अस्पतालबाट सरेको हो वा अन्य माध्यमबाट हो भन्नेबारे नखुलेको डा देवकोटाको भनाइ छ।








