राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रमाणीकरण गरेसँगै नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन ।