बिहीबार अपरान्हसम्म पछिल्लो २४ घण्टामा भएको परीक्षणमा नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै निको भएर डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको र गत २४ घण्टामा २ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या २२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।








