नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बेलुका मृत्यु भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।
दायाँ फोक्सामा समस्या देखिएपछि गत जेठ ३० गते अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको ज्यान भएको हो । मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।
उनले ती महिलाको आईसियुमा राखेर उपचार गरिएकोले आईसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको छ । तर अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी गराएको छैन । यता स्वास्थ्य मन्त्रालयले पनि यसको पुष्टि गर्न बाकी नै छ ।








