नेपाली कांग्रेस काभ्रेका तर्फबाट केन्द्रिय सदस्य एवं ट्रेड युनियन तथा श्रम विभागका संयोजक शिवप्रसाद हुमागाईँले काभ्रे जिल्लामा संचालन भएका एम्बुलेन्सका चालकहरुलाई सुरक्षाका लागि पिपिई उपलब्ध गराएका छन् ।

‘एम्बुलेन्स चालकहरुलाई उत्साह थपिराख्न र मनोबल बढाउन पिपिई सेट उपलब्ध गराएका हौं’हुमागाईले भने-‘कोरोना संक्रमतिको आशंका लागेका वा भएका विरामीहरुको उद्धारका लागि सँगै रहनु पर्ने चालकहरुलाई हौसला प्रदान गर्ने उदेश्यले सम्मान सहित सामाग्री उपलब्ध गराईएको हो ।’

जिल्लामा ३५ वटा एम्बुलेन्स संचालनमा छन्। सबै एम्बुलेन्स चालकहरुलाई पिपिईको साथमा फेस सिल्ड, पन्जा लगायतका सामाग्री उपलब्ध गराईएको थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिब दिनेश लामा, पूर्व माननीय तथा नेपाली काँग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय सभापति तिर्थ लामा, क्षेत्रीय सभापति रमेश हुमागाई, बनेपा नगर सभापति राम जोशी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक का पुर्व अध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ अध्यक्ष मोतीराम तिमिल्सिना, बिभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीका साथै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेता हुमागाईले यस अघि पनि काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानिय तहका प्रत्येक स्थास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पिपिई सेट स्वास्थ्य सामाग्रीका साथै माक्स,सेनिटाइजर र जिल्लामा क्रियाशल पत्रकारहरु लाई प्रेस ज्याकेट र एन ९५ मास्क वितरण गरिसक्नुभएको छ ।