नेपाल सरकारले तोकेको भन्दा सस्तोमा ओमानबाट १६६ नेपाली स्वदेश आएका छन् । नेपाली दूतावास ओमानको पहलमा सलाम एयरले उनीहरुलाई सस्तोमा स्वदेश ल्याएको हो ।

ओमान स्थित नेपाली दूतावासले सलाम एयरसँग छलफल गरी प्रति व्यक्ति १ सय १५ ओमानी रियाल (३६ हजार) मा टिकट उपलव्ध गराएको हो । यसअघि सरकारले ओमानबाट नेपाल फर्किन नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सलाई चार्टर्ड उडानका लागि प्रतिव्यक्ति ४५ हजार रुपैंयाँ तोकिएको छ । चर्को विरोधपछि दुई पटक गरेर घटाइएको भाडा दर भन्दा पनि ११ हजार सस्तोमा ओमानबाट ति नेपाली स्वदेश फर्केका हुन् ।

सरकारले तोकेभन्दा सस्तोमा ओमानबाट आए १६६ यात्रु

स्वदेश आउनेले आफैले टिकट काटेका थिए भने दूतावासको सेल्टरमा रहेका १३ जनाको भनें सरकारले पठाएकोे हो ।

भिसा सकिएर स्वदेश आउन तयारी अवस्थामा रहेका बिरबहादुर विष्टलाई कम्पनीले नै टिकट काटेर स्वदेश पठायो । काठमाडौं ओर्लिएपछि उनले भने–‘ नेपाली दूतावासको सक्रियतामा नेपाल आउन सफल भइयो, खुशी लागेको छ ।’

बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली राजदुतको उक्त कदमप्रति स्वदेश आइपुगेका नेपालीले आभार व्यक्त गरेका छन् ।

नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।

सरकारले तोकेभन्दा सस्तोमा ओमानबाट आए १६६ यात्रु

आज फर्किने सबैसँग पीसीआर नेगेटिभ आएको रिपोर्ट भएकाले उनीहरू सिधै होम क्यारेन्टिनमा जान पाउने जनाइएको छ । ओमानबाट एक जना मृत नेपालीको शव पनि आएको छ ।

नेपाली विदा गर्न राजदूत विमानस्थलमा

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल सोमबार विहानै मस्कट विमानस्थलमा नेपालीहरुलाई विदा गर्न पुगेकी थिइन् । नेपालीलाई सरकारले तोकेको भन्दा सस्तोमा स्वदेश पठाउन सफल भएपछि राजदूत ढकालको प्रसंसा भइरहेको छ ।

दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।

सरकारले तोकेभन्दा सस्तोमा ओमानबाट आए १६६ यात्रु