आज विश्व रक्तदाता दिवसको अवसर पारेर कोभिड–१९का कारण भएको रक्त अभावलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले काठमाडौको भिमसेनगोलामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कृति फाण्डेशनको आयोजना तथा गिरिजाप्रसाद कोइराला फाण्डेशन, युवा तथा खेलकुद समिति, शुभारम्भ युवा क्लव र साइन्टोलोजी भोलेन्टियर मिनिष्टरको सहयोगमा सम्पन्न उक्त वृहत रक्तदान कार्यक्रममा ५३ जनाले स्वतःस्फुर्त रुपमा रक्तदान गरेका कृति फाउण्डेशनका अध्यक्ष तथा वृहत रक्तदान कार्यक्रमका संयोजक गुणराज प्याकुरेलले बताए ।

कृति फाण्डेशनको आयोजनामा काठमाडौंमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

यसअघि पनि यस्ता रक्तदान कार्यक्रम तथा विभिन्न सामाजिक कार्य गर्दै आएकोमा वर्तमान परिस्थितीका बाबजुत पनि उत्साहजनकरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएकोमा खुसी लागेको संयोजक प्याकुरेलले बताए ।

कृति फाण्डेशनको आयोजनामा काठमाडौंमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

नवनारी मिडिया, रेडियो सिटी एफएम, रोजगारमञ्च डटकमको संचार सहकार्य रहेको उक्त वृहत रक्तदान कार्यक्रममा स्थानीयहरुका साथै टाढाटाढाबाट आएका रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।