नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना सङ्क्रमित भेटिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या पाँचहजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार अपरान्हसम्म ३७५ जना पुरूष र ५० जना महिला गरी उक्त संख्याका सङ्क्रमित भएका जानकारी दिएका छन ।

आइतबार ६ जना डिस्चार्ज भएकोसँगै हालसम्म ९७४ जना डिस्चार्ज भएका पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।,योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।