जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ ।

आज एक सुचना निकाल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको निर्देशन अनुसार उपत्यका प्रवेश गर्न चाहने व्यक्तिले सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्ने जानकारी दिएको हो ।

जस अनुसार अब उपत्यका प्रवेश गर्न चाहनेले काठमाडौंमा आफु बसोबास गर्ने स्थानिय तहको प्रवेश अनुमति पत्र लिनुपर्ने र सोही पत्रको आधारमा संक्रमणको जोखिम तथा औचित्य पुष्टि हुने कागजात हेरेर यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयले दिने सवारी पास लिएपछि मात्र उपत्यका आउन सक्ने व्यवस्था गरिएको हो ।

यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान पनि प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।

काठमाडौं प्रवेशमा थप कडाइ, स्थानीय तहको स्वीकृति अनिवार्य चाहिने