नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना सङ्क्रण भेटिएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या पाँचहजार ३३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन ।

यस्तै पछिल्लोपटक ३६ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् भने कोरोनाका कारण दुईजनाको मृत्युभएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ ।