सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पसल सञ्‍चालन गर्न दिने र निजी गाडी जोरबिजोरमा गुडाउन दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले काठमाडौ उपत्यकासहित कम जोखिम भएका जिल्लामा सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसलहरु खोल्न दिने तथा निजी सवारी साधन पनि अब जोर बिजोर नियमका आधारमा सञ्‍चालन गर्न दिने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिएका छन् ।

सर्वसाधारण तथा व्यापारी व्यावसायीहरुले लकडाउनका कारण समस्या भएको भन्दै आफूखुसी लकडाउन उलंगन गरेर पसलहरु खोल्न थालेपछि सरकारले यो कदम चालेको हो । तर यो नियम काठमाडौं उपत्याकामा मात्रै या देशभरी भन्‍ने केही खुलाइएको छैन । लकडाउनको सबै प्रकृया भोली बिहिबार सार्वजनिक गर्ने बताइएको छ ।