रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवामा एक युवकले पाँज जना साथीको हत्या गरेका छन् । गएराती बञ्चरो प्रहार गरी पाँचजनाको हत्या भएको हो । मैनहवाको एक कुखुरा फार्ममा शव फेला परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिएका छन् । कुखुरा फार्ममै चार जनाको हत्या भएको र अस्पताल लैजाँदै गर्दा एकजनाको ज्यान गएको जानकारी प्राप्त भएको छ ।
ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन् ।
हत्यामा संलग्न भनिएका सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिञ्जाली पक्राउ परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू संलग्न रहेको बताएका छन्। हत्याको कारण खुलिसकेको छैन ।








