पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आएका थिए । मृगौला, सुगरलगायतका रोगका बिरामी भएका कारण कोरोना सङ्क्रमण हुनुपूर्व तत्कालै पोखरा पठाएर प्रिआइसोलेसनमा राखिएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिए ।
भारतबाट श्रीमतीसहित आएका ती व्यक्तिको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन ।








