नेपालमा आइतबार थप २१३ जना कोरोना सङ्क्रमित भेटिएका छन । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ ।

थप सङ्क्रमितमा २०९ जना पुरूष र चार जना महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यस्तै आजै दुई महिलासहित १०२ जना डिस्चार्ज भएका छन । योसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ भने सङ्क्रमित जिल्ला ७१ पुगेको छ ।