आइतबार बिहानसम्मको परीक्षणमा गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको र योसँगै त्यस प्रदेशमा ११३ संक्रमित पुगेको गण्ढकी प्रदेश स्वाथ्य निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन । । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् ।

गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिए, कुल ११३ पुग्यो