थप ३२३ जना संक्रमित भेटिए, कोरोनाकै कारण थप दुई जनाको मृत्यु पुष्टि

news-details

शनिबार गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्ला संक्रमितहरुमा मोरङका २, सुनसरीका ४, सप्तरीका १, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बाग्लुङका १, सुनसरीका १, सप्तरीका ७, बजाङका ६, कन्चनपुरका १, कन्चनपुरमा रहेका काठमाडौंका २ जना, अछामका २, कैलालीका २, डडेलधुराका १, दैलेखका ४३, डोल्पाका १, दैलेखका ४, सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, रुपन्देहीका १७, अर्घाखाँचीका १, कपिलबस्तुका ११, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलबस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौतहटका ६, सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा कैलालीकी ५५ वर्षीया महिलाको मृत्यु भएको हो भने डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

दमको रोगी रहेका ती बृद्ध गत जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । उनको जेठ २१ गते राति दुईबजेतिर निधन भएकोमा उनको पिसिआर टेस्ट पोजेटिभ देखिएको हो ।

अहिलेसम्म नेपालका ७० जिल्लामा सङ्क्रमण फैलिइसकेको छ भने आज थप ३२ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *