गण्डकीमा थपिए १७ कोरोना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो

news-details

गण्डकी प्रदेशमा शनिबार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७५ जना पुगेको छ ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका तीन, नवलपरासीका तीन र बागलुङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शनिबार पुष्टि भएका सबै सङ्क्रमितहरू भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *