काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित देशभर थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

news-details

मंगलबार अपरान्हसम्म काठमाडौमा ४ स्वास्थ्यकर्मीसँगै थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ ।

रौतहटका ३८, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौंका ४, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

काठमाडौंमा भेटिएका चारैजना स्वास्थ्यकर्मी रहेको र उनीहरुमध्ये ३ जना काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा एक जना भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी स्वास्थ्यकर्मी रहेको बुझिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा चारै जना काठमाडौ मेडिकल कलेजका रहेको भनिएको थियो ।

यस्तै मंगलबार एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका र योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *