कहिलेसम्म ‘लकडाउन’ ?

लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समन्वय समितिको वैठक बस्दै
news-details

 

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर कम गर्न नेपाल सरकारले ‘लकडाउन’ लागू गरेर ठप्प बनाएको छ । गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ गरेको नेपालले अझै जेठ ३२ सम्म घोषणा गरेको छ ।
श्रमिक बर्गलाई मात्र नभएर धेरै जसो नेपालीलाई सामान्य रोजीरोटीमा समस्या पर्न थालेको छ । चरणचरणमा ‘लकडाउन’को समय थपेर नेपालीलाई सरकारले झन निरासा थपिरहेको छ । सर्बत्र प्रश्न उठ्न थालेको छ–‘कहिलेसम्म लकडाउन ?’
मंगलबार जेठ २० गतेबाट अर्को चरणको ‘लकडाउन’ शुरु भएको छ । सरकारले ३२ जेठसम्म लकडाउनको निर्णय लिइसकेपनि अव चै खुकुलो बनाउन चर्को दवाव पर्न थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गदैै सरकारले अब कोरोना भाइरससँग संघर्ष गर्दै आर्थिक तथा सामाजिक गतिविधि पनि बढाउँदै लैजाने बताइसक्दासमेत ‘लकडाउन’ खुकुलो बन्न सकेको छैन । यद्यपी सरकारले ‘लकडाउन’ खुकुलो बनाउन नयाँ मोडालिटी तयार गर्दै छ ।

सरकारले लकडाउन खुकुलो पारेको कुनै घोषणा नगरेपनि सरकारी निकायमा खुकुलो पार्दै लाने गरी व्यवहारहरु भएका छन् । अत्यावश्यक काममा निस्किएकाहरुलाई सुरक्षाकर्मीले अवरोध गरेका छैनन् । काठमाडौं उपत्यकामा छिर्ने नाकाहरुमा भने कडाई गरिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान अझै कडाई छ । तर, आन्तरिक रुपमा काममा आवतजावत गर्नेहरुलाई व्यवहारिक रुपमा छुट दिइएको प्रहरीको भनाई छ ।

सरकारले परिस्थिति हेरेर लकडाउन खुकुलो पार्ने गरी मापदण्ड बनाउँदैछ । पर्यटन मन्त्री योगेश भट्टराईले भने, ‘अहिले हामी तयारी गर्दैछौं, व्यवहारिक खालको मोडल तयार हुँदैछ ।’ उनले यातायात क्षेत्र कुन कुन र कहाँ कहाँ चलाउन दिने अध्ययन भइरहेको खुलाए । संक्रमण बढी भएको ठाउँ सिल गर्ने र नभएको ठाउँमा सञ्चालन गर्न दिने गरी तयारी रहेको छ ।
महानगरी प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले लकडाउनमा सरकारले सहजीकरण गरेको बताए । अब लकडाउनको पालना गर्दै आफ्नो सुरक्षा आफैले गर्ने बताए ।
कोभिड १९ रोकथामसम्बन्धी सरकारी संयन्त्रका सदस्य समेत रहेका आपुर्तीमन्त्री लेखराज भट्टले अब परिस्थिति अध्ययन गरेर लकडाउनको मोडल परिवर्तन गर्ने र आर्थिक गतिविधिलाई सहज रुपमा अगाडि बढाउने र जनजीवन सहज बनाउँदै लैजाने समेत बताए ।
३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाउने क्रम भएकाले बीचैमा पनि कार्यान्वयनमा आउनसक्ने छ । नयाँ मोडालिटी अनुसार अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । यसका लागि कोरोनाको जोखिमको अवस्था हेरेर मापदण्ड तोकिनेछ ।
कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समिति र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका बनेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *