स्याङ्जा र पर्वतमा थप १० जनामा संक्रमण भेटियो, गण्डकीमा संक्रमित ३७ पुगे

news-details

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षका पुरुष र विरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका पुरुषमा, यस्तै पर्वतको कुश्मामा रहेको क्वारेन्टाइनमा बसेका फलेवास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टी भएका १० जनानै स्थानीय तहको समन्वयमा भारतबाट नेपाल भित्रिएका थिए । उनीहरुलाई नेपाल भारत सिमाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *