बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, सबैको कोरोना परीक्षण गरिने

news-details

बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी बरीष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ ।

मृतक तथा घाइते सबै भारतबाट फर्किएकाले उनीहरुको श्वाव संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भएको बताइएको छ । अस्पतालमा पनि उनीहरुलाई इमरजेन्शीमै आइसोलेसन बनाएर छुट्टै राखेर उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरुमा दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिय विष्णु गिरी, २३ बर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं २ का २१ बर्षिय जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन् ।

यस्तै दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिय सुनिल परियार, सोही ठाउँका २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिय नर बहादुर बिक, रोल्पाका ४० बर्षिया दिल बहादुर बिक रहेका छन् ।
यस्तै सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज बहादुर बुढाथोकी, सल्यानका १८ बर्षिय धन बहादुर बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दीपबहादुर बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निमबहादुर बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान बहादुर बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।

मृतकहरुको भने सनाखत हुन बाँकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *