थप १६६ जनामा कोरोना संक्रमण भेटियो, २ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या पुग्यो ८

news-details

आइतबार थप १६६ जनामा कोरोना संक्रमण भेटिएको छ । साथै पछिल्लो अपडेट अनुसार कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको र नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पोखरा अस्पतालमा भएको परीक्षणमा तनहुका १ जना र स्याङजाका २ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कालिकोटका १८ जनामा, दैलेखका १८ जनामा र बाजुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

यस्तै धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका १२ जनामा, सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ३ जना र बाजुराका २ जनामा, कोशी अस्पतालमा भएको परीक्षणमा झापाका ४ जना र मोरङका १ जनामा, भेरी अस्पतालमा भएको परीक्षणमा बाकेका ४ जनामा र नेपालगञ्जका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश अस्पताल सुर्खेतमा भएको परीक्षणमा सल्यानका २५ जना र सुर्खेतका १ जना चार महिने बालीकामा, धुलीखेल अस्पतालमा भएको परीक्षणमा कपिलबस्तुका १ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा भएको परीक्षणमा धनुषाका २१ जना, कपिलबस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

हिजो बेलुका दैलेखको नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसिरहेका दैलेख दुल्लु नपा ११ का ३५ वर्षिय पुरुषको निधन भएकोमा उनको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि भएको तथा बाजुरा अस्पतालमा उपचारार्थ भर्ना भएकी २ वर्षिया बालिकाको आज विहान मृत्यु भएकोमा उनको पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै नेपालमा संक्रमितको सकुल संख्या १५६७ पुगेको छ भने मृत्यु हुनेको संख्या ८ तथा निको हुनेको संख्या २२० जना पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *