लकडाउन जेठ ३२ सम्म जारी, विदेशबाट नेपालीको उद्धार गर्ने कार्यसूचि मन्त्रिपरिषदबाट पारित

news-details

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई जेठ ३२ गते सम्म लम्ब्याउने र हिजो मात्र उच्चस्तरीय समितिले पेश गरेको विदेशबाट अफ्ठयारामा परेका नेपाली फर्काउने सम्वन्धी कार्यसूचि पारित गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको समयावधी बढाउनेसहित प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने र लक डाउनको मोडालिटीबारे छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न समितिलाई निर्देशनसमेत दिएको छ ।

आजको बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गरिने समेत बताइएको छ ।

पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएको छ। शनिबार एकै दिन १८९ जना संक्रमित थपिएका छन्। त्यस्तै, मृतक संख्या पनि ७ पुगेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *