एकदिनमै थप १७० जना संक्रमित भेटिए, कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

news-details

शुक्रबार नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जना, धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जना, गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । आफन्तले दाहसंस्कार गरिसकेका उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *