एकैदिन १५६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०४२ पुग्यो

news-details

विहिबार एकैदिन १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परिक्षणमा सप्तरीका २ जनामा, कोशि अस्पतालमा गरीएको परीक्षणमा झापाका २५ जनामा, चितवनको भरतपूर अस्पतालमा गरीएको परीषणमा नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमार्डामा गरीएको परीक्षणमा धनुषाका २९ जनामा, महोत्तरीका १७ जनामा, रौतहटका ३ जनामा, सप्तरीका १२ जनामा, सर्लाहीका ७ जनामा, सिरहाका ६ जनामा, दोलखाका २ जनामा तथा सोलुखुम्बुका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सुर्खेतमा गरीएको परीक्षणमा बझाङका १ जनामा, सुर्खेतका १३ जनामा, दैलेखका ८ जनामा तथा पहिचान नखुलेको १ महिलामा संक्रमण पुष्टि भएको छ भने गण्डकी प्रदेश अस्पतालमा स्याङजाका ३ जनामा, सेती अस्पतालमा दार्चुलाका १ जनामा र कैलालीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

हेटौडामा गरीएको परीक्षणमा मकवानपुरका १ जनामा, भेरी अस्पतालमा गरीएको परीक्षणमा वर्दियाका ३ जना र बाकेका १ जनामा तथा धुलिखेल अस्पतालमा गरएिको परीक्षणमा रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएकोछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *