प्रदेश २ मा थप ७६ जना कोरोना संक्रमित भेटिए

news-details

विहिबार प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण भेटिएका छन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनाको कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास निर्देशनालय स्रोतले जानकारी दिएको छ । यद्यपी यसको औपचारिक घोषणा भने गरिएको छैन ।

नयाँ संक्रमितहरुमा धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना भेटिएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *