कोरोना संक्रमणले ललितपुरमा एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

news-details

कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

ललितपुर महानगरपालिका९२२ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ललितपुरको किष्ट अस्पतालमा निधन भएको ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिएका छन ।

कलेजोका बिरामी भएका उनलाई जेठ ११ गते राति किष्ट अस्पताल ल्याइएकोमा अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो । मृत्यु पश्चात उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको गेलालले बताए ।

कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *