एकै दिन ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

news-details

बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३८ जनामा, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा,कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा, हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा, पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा, दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो तथा भेरी अस्पतालमा भएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

कर्णालीमा थप १५ जनामा संक्रमण

यसैबीच कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका १० जनामा, चौकुने गाउँपालिकाका ३ जनामा तथा बझाङका १ जनामा र पहिचान नखुलेकी १ जना महिलामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यद्यपी कर्णालीमा थपिएका नयाँ संक्रमितको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *