प्रदेश २ मा ४५ जना र झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि

news-details

बुधबार प्रदेश २ मा ४५ जना र झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा को क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो जसमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।

रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २-२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सिराहाको सिद्धिचरण १० का १ जना र रुपाली २ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरीएको परीक्षणमा झापा कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आजै हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई चितवनको भरतपुर अस्पताल लगिएको जनाइएको छ ।

यसअघि आजै गण्डकी प्रदेशमा ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *