बाग्लुङमा थप ६ जना कोरोना संक्रमित भेटिए

news-details

बुधबार गण्डकी प्रदेशको बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७७८ पुगेको छ ।

तमनखोला गाउँपालिकाकामा रहेको क्वारेन्टाइनका ४ जनामा र बडिगार्ड गाउँपालिकाकामा रहेको क्वारेन्टाइनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितलाई सदरमुकामस्थित सरकारी अस्पतालमा लैजाने तयारी भैरहेको पनि डा शर्माले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *