गण्डक अस्पतालबाट २१ जना कोरोनामुक्त भएर डिस्चार्ज, सेती अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु

news-details

पर्साको नारायणी कोभिड अस्पताल अन्तर्गत सञ्चालित गण्डक अस्पतालमा उपचारार्थ २१ जना कोभिड–१९ संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन । मंगलबार राति नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

कोरोनामुक्त भएर डिस्चार्ज भएका उनीहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले विदाई गरेका थिए । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिरहेकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

यसैबीच कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

यस्तै गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका ९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिएका हुन ।

यी दुवैजनाको मृत्यु कोरोना संक्रमणबाट भएको हो या अन्य कारणले भएको हो खुल्न बाकी नै रहेको छ । हाल उनीहरुको कोरोना परीक्षणका लागि श्वाव संकलन गरी लगिएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *