एक दिनमै थपिए ९० जना कोरोना संक्रमित, संक्रमितको संख्या ७७२ पुग्यो

news-details

पछिल्लो परीक्षणमा नेपालमा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३५ जनामा, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा, सेती प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा, पोखरामा गरिएको परीक्षणमा २ जनामा, सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा, भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरीएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण्म पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा महोत्तरीको मनरा गाउँपालिका–१० का २ जना, जुम्ला घर भई बारामा कार्यरत २ जना र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना रहेका छन ।

यस्तै रौतहटको गौर नागरपालिकाका ८ जनामा, देवाही गोनाही नगरपालिकाका ६ जनामा, अरुणिया १ र ४ का ६ जना, राजदेवी नगरपालिकामा १ जनामा र गडुरा नगरपालिकामा १ जनामा संक्रमण देखिएको छ ।

यस्तै सिराहाको नवराजपुर गाउँलिकामा १ जना, भगवानपुर गाउँपालिकामा ४ जनामा, यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १ जनामा, संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका २ का १ जनामा, डडुवा–१ का १ जनामा, डडुवा–२ का ३ जनामा, राप्ती सोनारी–३ का १ जनामा, , राप्ती सोनारी–९ का १ जनामा र बैजनाथ–३ का १ जनामा संक्रमण देखिएको हो ।

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु मायादेवी—७ का २ जनामा, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका २ जनमा, गुल्मी धुर्कोटका २ जनामा र रुपन्देही अस्पतालका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ भने पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।उनीहरु मध्ये वीरेन्द्रनगरका ८ जना छन् भने भेरी गंगाका २ जना तथा सिम्टाका २ जना रहेका छन ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *