रौतहटमा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि, स्याङजामा पनि भेटिए २ संक्रमित

news-details

रौतहटमा मङ्गलबार थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसअघि सोमबार मात्रै रौतहटको राजपुर र ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये २६ जना सङ्क्रमित भेटिएका थिए । योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या ७० पुगेको छ ।

गौर नगरपालिकामा सात जना, देवाही गोनाही नगरपालिकामा तीन जना र राजदेवी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ भने बाँकी सङ्क्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन ।

सङ्क्रमण पुष्टि भएकाहरू सबैजना भारतबाट नै आएको र उनीहरु हाल क्वारेन्टाइनमा रहेका घिमिरेले बताए ।

यसैबीच भारतबाट चार दिनअघि आएर वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुव गिरीले जानकारी दिएका छन ।

यीदुवै संक्रमितको बारेमा स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *