थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार भएको परीक्षणमा धनुषाका ३ जना, कपिलबस्तुका ३ जना, काठमाडौका ३ जना, रौतहटका २६ जना, सप्तरीका २ जना, बर्दियााका १ जना, बाकेका ४ जना, बाराका २३ जना र दैलेखका ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररार्थ अवस्थामा मृत्यु भई अन्तेष्टि गरिसकिएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि भर्ना गरिएका ती बृद्धको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए । यद्यपी स्वास्थ्य मन्त्रालयले मृतकको पुष्टि गर्न भने बाकी छ ।









