शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् । आज मात्र ७५ जना नयाँ संक्रमित थपिएका हुन । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९१ पुगेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा अहिले साझ भएको परीक्षणमा प्रदेश नं ५ मा ७ जना संक्रमित थपिएका हुन् । साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जना रहेका छन ।
शनिबार विहान ३२ जनामा संक्रमण पुष्टि भएकोमा दिउसो ३६ जना थपिएका थिए । अहिले साझ ७ जना थपिएसँगै आज मात्र ७५ जना नयाँ संक्रमित थपिएका हुन ।
कुल संक्रमितमध्ये हालसम्म ३ जनाको मृत्यु भएको छ भने उपचार पछि घर फर्कनेको संख्या ७० पुगेको छ ।








